Skip This
एलपिएलमा शुक्लाफाँटाको सानदार जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १९ मंगलबार १७:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एलपिएलमा शुक्लाफाँटाको सानदार जित

घोडाघोडीसँग सुदूरपश्चिमाञ्चल एकेडेमी पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १७:२५:oo

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत मंगलबार भएका खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले विजयी सुरुवात गरेका छन्।

पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमाञ्चलले दिएको एक सय ११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। घोडाघोडीको ब्याटिङमा ओपनर विपिनबिक्रम शाहीले सर्वाधिक ३१ रनको योगदान दिए। त्यस्तै, सञ्जय बोहराले २२ र कृष कार्कीले २० रन बनाए।

८१ रनमा ६ विकेट गुमेको अवस्थामा सञ्जय र कृषले अविजित ३२ रनको साझेदारी गर्दै आफ्नो टिमलाई जितसम्म पुर्‍याए। सुदूरपश्चिमाञ्चलका वीरेन्द्र चन्द र पारस सुनारले २/२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले १८.५ ओभरमा एक सय १० रन जोड्दै सबै विकेट गुमायो। सुदूरपश्चिमाञ्चलका लागि आशिष लुहारले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरे। सन्दीप विष्टले २७ र किरण कार्कीले १४ रन बनाए।

घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेतले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। त्यस्तै, सञ्जय बोहराले ३, कृष कार्कीले २ र भूपेश जोशीले १ विकेट लिए। जारी प्रतियोगितामा सुदूरपश्चिमाञ्चलको यो दोस्रो हार हो।

दोस्रो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले खप्तड इन्डोर स्पोर्टस् ट्रेनिङ सेन्टरलाई एक सय १२ रनको विशाल अन्तरले पराजित गर्‍यो। शुक्लाफाँटाले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रनमात्र बनायो। खप्तडको लागि पुकार चन्दले १३ र प्रकाश पाण्डेले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खप्तडलाई सस्तैमा सीमित गर्न शुक्लाफाँटाका पेसर कैलाश ऐरले ५ विकेट लिए। उनले ३.१ ओभरमा १५ रन खर्चिए। सुशील रावल, भरत चन्द, वसन्त खत्री र सुरज तिरुवाले १-१ विकेट लिए। टस हारेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्सले २० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रन बनायो।

शुक्लाफाँटाका ओपनर अशोक विष्टले सर्वाधिक ४१ रनको योगदान दिए। त्यस क्रममा उनले ३५ बलमा ६ चौका प्रहार गरे। किरान ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्काको मद्दतले ३५ रन बनाए। वसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए।

खप्तड इन्डोर स्पोर्टस्को बलिङमा रवि विष्टले ३ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, प्रकाश पाण्डेले २ तथा मुकेश विष्ट, नगेन्द्र उपाध्याय र दीपक टमाटाले १/१ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा जारीे प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।