१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा भारी हिमपात, कष्टकर दैनिकीबीच किसान हर्षित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने वेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुसी छाएको छ। 

मनाङ ङिस्याङ गाउँपालिका– ५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौं गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि गाउँमै बसेको बताए। 

उनले भने, ‘परिवारका अरू सदस्य काठमाडौं जानुभयाे । हामीजस्तै यिनलाई पनि भोक लाग्छ, त्यसैले हेरचाह गर्न यहीँ छौँ आमा र म।’ 

त्यसैगरी, मनाङ ङिस्याङ– १ का पशुपालक किसान याङदुङ गुरुङले यस वर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएकाे बताए। स्थानीयका अनुसार अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र  खेतीपातीलाई पानी पुग्छ। यसले उत्पादन पनि राम्रो हुन्छ। 

हिमपात भएपछि स्थानीयमा खेतीपातीका लागि पानी सिञ्चित हुने भएकाले उनीहरू खुसी  भएका हुन्। यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ।

भारी हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुँडोपानी गर्न र घरबाहिर निस्कन भने मुस्किल भएको छ। किसान गुरुङका अनुसार चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्नेछ। 

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताए। उनले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गरे। 

सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा हिमपात भएको छ। हिमपात भएपछि स्थानीय, पर्यटकलगायत सबै घरभित्र बस्न बाध्य भएका छन्।