Skip This
नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १९ मंगलबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o९:३६:oo

झापाको मेचीनगर– ७ मा रहेको नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु भएको छ । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सीमास्तम्भ मर्मत सुरु भएको हो । १९ साउन ०७७ मा सरकारले सीमास्तम्भ मर्मत गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको थियो । सरकारको निार्णयअनुसार सोमबारबाट कोशी प्रदेशका तीन जिल्लामा रहेका सीमास्तम्भ मर्मतको काम सशस्त्र प्रहरी बलले सुरु गरेको सशस्त्र प्रहरीको नम्बर १ बाहिनीले जनाएको छ । 

झापाको मेचीनगर– ७ मा रहेको नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु गरिएको बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए । सीमास्तम्भमा सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी कोशीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल, प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बलका अधिकृतहरूले रङरोगन गरेर अभियान सुरु गरेका थिए । 

कोशी प्रदेशको अन्तर्राष्ट्रिय सीमामा रहेका ४८४ वटा सीमास्तम्भ मर्मत–सम्भार गर्न लागिएको उनले जानकारी दिए । मर्मत गर्नुपर्ने सीमास्तम्भमध्ये झापामा ३१७, मोरङमा ३४ र सुनसरीमा १३३ वटा सीमास्तम्भ मर्मत गरिने उनले जानकारी दिए । जसअनुसार १९९ वटामा रङरोगन, २२१ वटा सीमास्तम्भको सामान्य मर्मत, ५९ वटा सीमास्तम्भको मध्यमस्तरको मर्मत र पाँचवटाको पूर्ण मर्मत गरिने प्रवक्ता कर्णजितले जानकारी दिए ।

सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठकअनुसार सन् २०१४ पछि मर्मत तथा निर्माण भएकामध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमाबल बिजोर नम्बरको सीमास्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने निर्णय भएको थियो ।