१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १८ सोमबार १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामान्य अंकले घट्यो नेप्से, एक अर्ब १९ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १६:o९:oo

सेयर बजारमा आज पनि गिरावट आएको छ। आइतबार ७ अंकले ओरालो लागेको बजार परिसूचक नेप्से आज ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा ओर्लिएको छ।

आज विकास बैंक, फाइनान्स, बिमा र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ। यसमा पनि उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

यस दिन ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्र बजार घटेको दिन समाज लघुवित्तको सेयर आठ प्रतिशतले बढेको छ।