Skip This
भारतको मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बिजेपीलाई बहुमत, तेलंगनामा कांग्रेसको जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १७ आइतबार २२:३३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बिजेपीलाई बहुमत, तेलंगनामा कांग्रेसको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार २२:३३:oo

भारतको मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगना विधान सभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । यी चारमध्ये तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले सानदार जित हासिल गरेको छ । एक राज्यमा कांग्रेसले बाजी मारेको छ । 

भारतीय निर्वाचन आयोगका अनुसार मध्यप्रदेश, राजस्थान र छत्तीसगढ बिजेपीले जित्दा तेलंगना कांग्रेसको हातमा गएको छ । 

मध्यप्रदेशमा दुई सय ३० सिटमध्ये बिजेपीले एक सय ६४ स्थान जितेको छ । यहाँ कांग्रेसले ६५ सिट जित्दा एक सिट अन्यले जितेको छ । 

छत्तीसगढको ९० मध्ये बिजेपीले ५४ र कांग्रेसले ३५ सिट जितेको छ । राजस्थानको एक सय ९९ मध्ये बिजेपीले एक सय १५, कांग्रेसले ६९ र अन्यले १३ सिट जितेको छ । 

तेलंगनामा एक सय १९ मध्ये कांग्रेसले ६४, भारत राष्ट्र समिति (बिआरएस)को ३९ र बिजेपीले आठ सिट जितेको छ । 

तेलंगनामा कंग्रेसले बिआरएसको १० वर्षसम्मको सत्ता अन्त्य गरेको छ । मध्यप्रदेशका जनताले भाजपालाई पुनः अनुमोदन गरेका छन् । राजस्थानमा भने भाजपाले अशोक गेहलोत सरकारलाई सत्ताच्युत गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यप्रदेश, राजस्थान र छत्तीसगढ विधान सभा चुनावमा भाजपाको विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताएका छन् । 

उनले मतदाताहरू, विशेषगरी महिला मतदाता, युवा, किसान र गरिबहरूलाई भाजपामाथिको स्नेह र आशीर्वादको लागि धन्यवाद दिएका छन् । 

सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत एक सन्देश जारी गर्दै उनले भने, ‘हामी जनतासामु नतमस्तक छौँ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।’

कांग्रेस नेता राहुल गान्धीले भने पार्टीको विचारधाराको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् । विधान सभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने उनको भनाइ थियो । गान्धीले एक्समा लेखेका छन्, ‘हामी मध्यप्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौँ । विचारधाराको लडाइँ जारी रहनेछ ।’