१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

वेभ सिरिज ‘लट्ठक’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

सामाजिक विषयवस्तुमा आधारित सिरिज ‘लट्ठक’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सागर ज्ञवालीले निर्देशन गरेको यो सिरिज सिट्कम मेथडलाई आधार बनाएर नेपाली परिवेशमा निर्माण गरिएको दाबी छ । 

‘यो वेब–टेलिभिजन सिरिज हो,’ उनले भने, ‘रंगमञ्चको विश्वबजारमा सिट्कम कमेडीको विशेष महत्व छ । यही सिट्कम कमेडीलाई नेपाली ग्रामीण क्षेत्रका पात्रहरू प्रतिस्थापन गराई निर्माण गरिएको हो । यो विशुद्ध मनोरञ्जनात्मक विषयवस्तुमा प्रस्तुत हुने विधा भएकाले अन्य हास्य प्रदान टेलिफिल्म सिरिजभन्दा फरक धारमा प्रस्तुत हुने गर्दछ । यो सिरिज समसामयिक समस्यामाथिको व्यंगात्मक खबरदारी पनि हो ।’ 

सिरिजमा सुवास गजुरेल, अभयराज बराल, शाकु शाह, कविता आले, रोहित कार्की, रञ्जित राना, शिला खनाल, जीवनजंग थापा, मनीषा भुजेललगायत कलाकारले अभिनय गरेका छन् । 

काजी लिम्बूको लेखन, नारायण जिसीले छायांकन, अनिलकुमार महर्जनको सम्पादन रहेको सिरिजलाई सिन्धुलीस्थित दुधौली आसपास खिचिएको हो । सिरिज चाँडै युट्युबमा रिलिज गर्ने तयारी रहेको निर्देशक ज्ञवालीले जानकारी दिए ।