१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बुलबुल निर्देशकले अमेरिकामा ‘भुठान’ बनाउने, मुख्य भूमिकामा हरिवंश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन्।

नेपालीमा भुठान र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्यका साथै  दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन्।

चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको बताइएको छ। तर,  हलिउडमा चलिरहेको फिल्मकर्मीको आन्दोलन भर्खरै मात्र सकिएकाले केही समयमा टुंगो लाग्ने कुरा निर्मातामध्येका एक राजेन्द्र ठकुराठीले जानकारी दिएका छन्। 

राजेन्द्र ठकुराठी हलिउड सिनेमाकाे एक प्रख्यात नाम हाे।  उनले अस्कर एकेडेमी अवार्डमा छानिएको डिज्नी–पिक्सरको ‘अनवार्ड’, ट्वान्टिथ् सेन्चुरी फक्सको ‘बार्बरिएन’ र लायन्सगेटको ‘डिटेक्टिभ नाइट’लगायत ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन्।
 
भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भुठान (द वर्ल्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।

नेपाली नाट्य निर्देशक विमल सुवेदीले यस चलचित्रमा निर्देशक पौडेललाई क्रियटिभ पाटोहरूमा सहयोग गरिरहेका छन्।