Skip This
चीनका मित्र, कम्युनिस्टका बैरी किसिन्जरको निधन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
एजेन्सी वासिङ्टन
२o८o मङ्सिर १५ शुक्रबार ११:१७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चीनका मित्र, कम्युनिस्टका बैरी किसिन्जरको निधन

Read Time : < 1 मिनेट
एजेन्सी, वासिङ्टन
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार ११:१७:oo

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा बुधबार निधन भएको छ । उनी आबद्ध परामर्श संस्था ‘किसिन्जर एसोसिएट इन्क’ले एक वक्तव्य जारी गर्दै उनको मृत्यु भएको बताएको हो । 

रिचर्ड निक्सन र गेराल्ड फोर्ड गरी दुई राष्ट्रपतिको कार्यकालमा विदेशमन्त्री रहेका किसिन्जरले सो पदमा रहेर दोस्रो विश्वयुद्धपछि सोभियत संघ र अमेरिकाबीच सुरु भएको शीतयुद्धलाई आकार दिन भूमिका खेले । यस क्रममा उनी ल्याटिन अमेरिका, भियतनामका कम्युनिस्टविरुद्ध आक्रामक रहे । तर, उनी सबभन्दा ठूलो कम्युनिस्ट शक्ति सोभियत संघविरुद्ध दोस्रो शक्ति चीनलाई उतार्न सफल भए । 

यही उद्देश्यले किसिन्जरले १९७१ जुलाईमा बेइजिङको गोप्य भ्रमण गरे र राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको बाटो खुलाएका थिए । जुन भ्रमणले चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना गरायो । अमेरिकासँगको सम्बन्ध सुधारिएपछि चीनमा वैदेशिक लगानीको बाटो खुल्यो, जसले कालान्तरमा चीनलाई आजको विशाल आर्थिक शक्ति बन्न सघायो । यसले उनी चीनका मित्र मानिन थालेका थिए ।