१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

केपी ओली कप टी–२० : दोस्रो जितसँगै आर्मी अन्तिम चारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले समूह ‘डी’ मा दोस्रो जित निकाली पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारै टोलीको छिनोफानो भएको छ । समूह ‘ए’ बागमती, समूह ‘बी’बाट रनरेटका आधारमा एपिएफ, समूह ‘स’बाट रनरेटका आधारमा मधेश र समूह ‘डी’को विजेताका रूपमा आर्मीले अन्तिम चारमा आफ्नो स्थान बनाएको हो ।  

दोस्रो खेलमा सुदूरपश्चिमले अनुभवी खेलाडीले भरिएको नेपाल प्रहरी क्लबलाई चार विकेटले हरायो । पहिलो ब्याटिङ गरेको पुलिसले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५८ रन जोडेको थियो । सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेटको क्षतिमा एक ६२ रन जोड्दै सानदार जित निकाल्यो ।

आर्मी ३९ रनले विजयी
कोशीविरुद्ध आर्मीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा कोशीले १८.२ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन जोड्दा आर्मी ३९ रनले विजयी भयो । आर्मीको जितमा सोमपाल कामीले २३ रनमा दुई विकेट लिए ।  

पहिलो ब्याटिङ गरेको आर्मीलाई राष्ट्रिय टोलीका क्रिकेटरको साथ पायो । सन्तोष कार्की र विनोद भण्डारीले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे । विनोदले १६ बलमा एक चौका र दुई छक्का प्रहार गरी १७ रन जोडे । रोहित पौडेल र सन्तोषबीच दोस्रो विकेटका लागि ४८ रनको साझेदारी भयो । रोहितले १५ बलमा २५ रन जोडेका थिए । सन्तोषले भीम सार्कीसँग तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीलाई १६.१ ओभरमा १५०÷३ को बलियो स्थितिमा राखे । सन्तोषले ४१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाए । भीमले २४ बल सामना गरी पाँच छक्का र तीन चौकाको सहयोगमा सर्वाधिक ५३ रन जोडे । 

ad
ad