मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Friday, 14 August, 2026
२o८o मङ्सिर १२ मंगलबार १८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषध मुद्दा मिलाइदिन घुस लिने प्रहरी नायब निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १८:३१:oo

बर्दियामा ३० हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुससहित पक्राउ परेका हुन्।

लागुऔषध मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको नेपालगन्ज सम्पर्क कार्यालयले उनलाई पक्राउ गरेको हो।

घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ३० हजार रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए। प्रहरी नायब निरीक्षक साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए।