१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
रासस सोल
२o८o मङ्सिर ११ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाको युवा जनसंख्या आगामी ३० वर्षमा आधा हुने

Read Time : < 1 मिनेट
रासस, सोल
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १६:४१:oo

तीव्र रूपमा वृद्धि भइरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अपेक्षा गरिएको यहाँको तथ्यांक निकायले बताएको छ।

तथ्यांक कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको २०.४ प्रतिशत अर्थात् एक करोड दुई लाख १३ हजार थियो। यो उमेर समूहको संख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो संख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ।

सन् २०५० मा कुल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ। कुल प्रजननदर अर्थात् एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्या तीव्र रूपमा बढ्दो जनसंख्याबीच सन् २०२२ मा ०.७८ को न्यूनस्तरमा पुगेको छ।

कुल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१.५ प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४.५ प्रतिशतबाट तीव्र रूपमा बढेर सन् २००५ मा ६३.२ प्रतिशत र सन् २०१० मा ६८.९ प्रतिशत भएको छ।

कुल युवा महिलामा आर्थिक रूपमा सक्रिय युवा महिलाको अनुपात सन् २००० मा ४२.३ प्रतिशतबाट बढेर सन् २०१० मा ५५.२ प्रतिशत र सन् २०२० मा ६१.१ प्रतिशत भएको छ।

आर्थिक रूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४.७ प्रतिशत र सन् २०२० मा ६३.९ प्रतिशतमा झरेको छ।