१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:oo:oo

काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन आयोजना गरेको छ । विश्वविद्यालयले ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलन आयोजना गरेको हो । सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयका लागि साझा मार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालयले जनाएको छ ।

सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयले भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरेको जनाइएको छ । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । 

सहभागीले काठमाडौं विश्वविद्यालयको आयोजनामा ​​आगामी फेब्रुअरी १५–१६ मा हुने उत्तर भारतका दुई सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको बैठकअघि नेपालका विश्वविद्यालयको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिनलगायत एक सय ५० भन्दा बढीको सहभागिता रहेको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्न सम्मेलनको महत्व रहेको औँल्याए । उच्च शिक्षा संस्थाको स्वायत्तताको आवश्यकताबारे प्रकाश पार्दै उनले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

ad
ad