१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुरुषमा इन्डोनेसियाका रामा र महिलामा नेपालकी शेर्पा विजेता

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको सात विधामा ११ देशका ५६ खेलाडी सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o६:oo

एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको पुरुषतर्फको उपाधि इन्डोनेसियाका रामा तेगु अदी प्रतामा जितेका छन् । महिलामा नेपालकी लक्ष्मी मगरले जितेकी छिन् । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका– १३ स्थित समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको आर्बा–विजय डाँडामा भएको प्रतियोगितामा ५ स्टेज (ट्र्याक) को ११.९२० किमि कायम गरिएको थियो । प्रतामाले निर्धारित दूरी ९ मिनेट ५९ सेकेन्ड ५२ मिलिसेकेन्डमा पार गर्दै उपाधि जिते । उनले ५० हजार रुपैयाँ हात पारेका छन् । 

१० मिनेट १६ सेकेन्ड ९७ मिलिसेकेन्डका साथ बेलायतका क्रिस्टोफर किलिङ दोस्रो हुँदै ३० हजार रुपैयाँ हात पारेका छन् । नेपालका प्रचित थापामगर तेस्रो भए । उनले निर्धारित दूरी १० मिनेट ३६ सेकेन्ड १३ मिलिसेकेन्डमा पूरा गरेका थिए । तेस्रो भएका थापामगरले २० हजार रुपैयाँ पाए ।

 यसैगरी महिलाको १० किमि ५ सय मिटरको दूरी नेपालकी मगरले ९ मिनेट ५३ सेकेन्ड ४८ मिलिसेकेन्ड पूरा गर्दै उपाधि हात पारेकी हुन् । विजेता बनेकी मगरले ३५ हजार रुपैयाँ पाइन् । महिलतर्फ नेपालकै मिंगा याङ्जी शेर्पा ११ मिनेट २५ सेकेन्ड ३१ मिलिसेकेन्डका साथ दोस्रो भएकी छिन् । उनले २५ हजार रुपैयाँ पाइन् । सिंगापुरकी इभोना सिया तेस्रो हुने क्रममा १५ मिनेट ३५ सेकेन्ड ३६ मिलिसेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । प्रतियोगिताको पुरुष जुनियर १२–१८ उमेर समूहमा नेपालका विपुल थापा पहिलो भएका छन् । 

अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । प्रतियोगिताअन्तर्गत ३०–३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा नेपालका राजन भण्डारीले पहिलो स्थान हात पारे । प्रतियोगिताको ४०–४९ वर्षसम्मका लागि भएको मास्टर्स ‘ख’ विधामा नेपालका सुरज पाण्डेले पहिलो स्थान ओगटेका छन् । ५० वर्षमाथिको भेट्रानमा लाल आले प्रथम र सुलोचन राजभण्डारी दोस्रो भए । सात विधामा भएको प्रतिस्पर्धामा ११ देशका ५६ जना खेलाडी प्रतिस्पर्धा गरेका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले जानकारी दिए । 

ad
ad