१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमावर्ती चौकीसाताबाट चार लाख मूल्यका अवैध सामान बरामद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:११:oo

सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झन्डै चार लाख मूल्यबराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका– १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार छली ल्याएका अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणमातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक सुदन आचार्य नेतृत्वको टोलीले चौकीसाता क्षेत्रबाट भन्सार छलीको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेमबहादुर रावलले भारतबाट चोरी तस्करी गरेर सामान नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्रका डिएसपी आचार्य नेतृत्वको टोलीले बरामद गरेको बताए।

उनका अनुसार तीन लाख ९७ हजार ९ सय रुपैयाँबराबरको भन्सार छलीको सामान बरामद गरेर भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ। तस्कर समूहले भन्सार छलेर जुत्तासहित विविध किराना सामान ल्याएका थिए।

सीमा सुरक्षा गुल्म गड्डाचौकीकै टोलीले दुई दिनअघि मात्रै भीमदत्त नगरपालिका– १० भन्सार रोड क्षेत्रबाट १२ हजार बढिको अवैध सामानसहित दुई महिलालाई पक्राउ गरेको थियो।