१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

९ र १० वैशाखमा लगानी सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ।सम्मेलनकाे तयारीका लागि अर्थमन्त्री संयोजकत्वमा निर्देशक समितिको पहिलो बैठक आइतबार (आज) बसेको छ। 

परराष्ट्र, जलस्रोत तथा सिँचाइ, भौतिकलगायतका संस्कृति, पर्यटन तथा नागरिक उड्यन, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, सहरी विकासलगायतका मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर सदस्य छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सदस्यसचिव छन्।

निजी क्षेत्रका तीनवटा संस्थाका अध्यक्ष सदस्य छन्। समितिले कार्यतालिका र ढाँचा स्वीकृत गर्ने कार्यसर्त छ। त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा प्राविधिक समिति छ। 

पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो। त्यतिवेलामा १७.७४ अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता आएको थियो। सन् २०१९ मा आयोजना गरिएको सम्मेलनमा ७० वटा लगानीका आवेदन प्राप्त भएका थिए।