१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १३:१३:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

निर्माण कम्पनीको लापर्बाहीले त्रिदेशीय सडकखण्डको महाबु क्षेत्र अस्तव्यस्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

त्रिदेशीय सडकअन्तर्गत दैलेखदेखि महाबुसम्मको ४० किलोमिटर क्षेत्रको काम समयमै नसकिएपछि महाबुखण्ड अस्तव्यस्त बनेको छ।

सडक निर्माणको जिम्मेवारी लिएका सातमध्ये एउटा निर्माण कम्पनीले मात्रै प्रभावकारी काम गरेको छ भने चारवटा कम्पनीले ४५ प्रतिशत काम गरेको छ। तर, २ वटा कम्पनीले भने कुनै कामै नगरेपछि रणनीतिक महत्वको महाबु सडक अस्तव्यस्त बनेको हो। सडक अस्तव्यस्त भएपछि महत्त्पूर्ण धार्मिकस्थल महाबुधाम जाने पर्यटकहरूसहित स्थानीयले निकै समस्या भोग्दै आएका छन्।

पहिलो खण्डको रूपमा रहेको काँडाचौरदेखि भैँसेखोरसम्मको सडक विस्तारका लागि तीन वर्षअघि पूर्वसंघीय सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको ६ करोड रकम सडक निर्माणमा लगाए, नारायण नगरपालिकाले ठेक्का खोल्यो। तर, निर्माण कम्पनीले काम नगरेपछि रकम फ्रिज भयो र अहिलेसम्म उक्त खण्ड विवादमै छ। नगरपालिकाले ठेक्का तोड्न नसकेका कारण नयाँ ठेक्का लगाउने बाटो रोकिएको छ। सडकमा निर्माण भएका संरचनाहरूसमेत ध्वस्त हुने अवस्थामा छन्।

अहिले खुर्सानीबारीदेखि माथि १ किमि र भैसिखोर अगाडिको १ किमि खण्डमा कालोपत्रेको लागि आजीवन जिटी पिएस जेभी सुर्खेतले कामको जिम्मेवारी पाएको छ। ४० प्रतिशत काम सम्पन्न भएको छ। बाँकी काम सुरु भइरहेको सडक विभाग सुर्खेतले जानकारी दिएको छ। १ किमि कालोपत्रेका लागि ६ करोड ५३ लाखमा सम्झौता भई काम सुरु भएको हो।

भैँसेखोरदेखि भवानी गेटसम्म ५ किलोमिटर क्षेत्र कालोपत्रेका लागि कामको जिम्मा लिएको कश्यप निर्माण एन्ड सप्लायर्सले लिएको काम अस्तव्यस्त अवस्थामा छ। २०७९ चैत्रसम्म कालोपत्रे सक्नुपर्ने गरी ५ करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको भए पनि काम सम्पन्न भएको छैन। समयमै काम नहुँदा सडकमा थुपारिएका ढुंगा र गिटीहरूसमेत यत्रतत्र छन् भने ग्राभेल पनि उप्किने अवस्थामा पुगेको छ।

निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले लगातार पत्राचार गरेको र अटेर गरेका कारण बैंकको धरौटी रकम सडक विभागको खातामा तान्ने र ठेक्का तोड्ने तयारीमा पुगेको सडक डिभिजन सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए।

भवानी गेटदेखि ओखरबाससम्मका विभिन्न ३ खण्डमा तिरुपाते लालशुभम् मेनरो जेभीले काम लिएको छ। सम्झौताअनुसार सडक स्तरोन्नति, नाली, ग्राभेल, वाललगायतका कामहरू प्रभावकारी रूपमा अगाडि बढाउन विभागले लगातार अनुगमन र ताकेता गरिरहेको छ। एउटा खण्डमा ७८ प्रतिशत र अन्य खण्डमा ४५ प्रतिशत काम सम्पन्न भएको विभागले जानकारी दिएको छ।

तीनवटा खण्डको १५ करोडको ठेक्का ५० प्रतिशतमा घटेर निर्माण कम्पनीले कामको जिम्मेवारी लिएको थियो। पहिलो प्याकेजको काम सम्पन्न गरेको कम्पनीलाई दोस्रो र तेस्रो प्याकेजको काम सक्नका लागि असार मसान्तसम्म म्याद थप गरिएको थियो। तर, मंसिर लागिसक्दा पनि काम पूरा हुन सकेको छैन। निकै कडा चट्टानहरू, केही स्थानमा स्थानीयको अवरोधलगायतको समस्याले काममा ढिलाइ भएको कम्पनीले जनाएको छ।

ओखरबासदेखि उनपाटासम्म सडकको जिम्मा लिएको काष्ठमण्डप एनएस बिल्डर्स जेभीले तोकिएको समयमा काम सक्न सकेको छैन। अहिलेसम्म १० प्रतिशत मात्र काम भएको सडक डिभिजनले जानकारी दिएको छ। ५ करोडको ठेक्का लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २ करोड ५३ लाखमा घटेर काम लिएको थियो।

उनिपाटादेखि महाबुसम्म कामको जिम्मा लिएको आजीवन जिटिएनएस जेभी सुर्खेतले लिएको कामको जिम्मा पनि सन्तोषजनक छैन। ७ करोड ९६ लाखमा ठेक्का सम्झौता गरिएको भए पनि सम्झौताबमोजिम काम हुन नसकेपछि सडक डिभिजन सुर्खेतले ताकेता गरिरहेको छ। महाबु खण्डका धेरैजसो स्थानहरूमा कडा चट्टान र वन क्षेत्रमा स्थानीयको अवरोधले काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ।

कतिपय सडक खण्डमा बजार र बस्ती परेको, कतिपय स्थानहरूमा खानेपानीको पाइप व्यवस्थापनमा चुनौती देखिएको, केही वन क्षेत्रमा समस्या भएको भन्दै निर्माण कम्पनीहरूले निवेदन दिएको बताउँदै सडक डिभिजन सुर्खेतका निमित्त प्रमुख खुमबहादुर भण्डारीले रणनीतिक महत्त्वको सडकको काममा सहजीकरण गरिदिन स्थानीय प्रशासन, पालिका प्रमुखहरूले महत्त्पूर्ण भूमिका खेल्न सके छिटो छरितो काम हुने बताए।

‘कार्यालयको तर्फबाट बारम्बार ताकेता गरेका छौँ। काम नगरेका निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्नेसम्मको चेतावनी दिएर पत्राचार गरेका छौँ,’ भण्डारीले भने।