Skip This
बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Monday, 10 August, 2026
हात्तीबाट बाघको खोजी गर्दै टोलि
२o८o मङ्सिर ९ शनिबार o८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o८:१९:oo

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। राप्ती नगरपालिका १, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो।

मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका- ६ स्थित लोथर राप्ती दोभानमा घाँस काट्न पुगेका उनलाई शुक्रबार बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार अहिले बाघको अवस्था जाँचबुझको लागि टोली खटिएकोसमेत बताए। हात्तीबाट बाघको खोजी गर्नेदेखि क्यामेरा राखेर निगरानी गर्ने काम भएको तिवारीले बताए।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनि बढ्दै गएको छ। यो आर्थिक वर्षको साउनयता बाघले आक्रमण गर्दा निकुञ्ज आसपास तीनजनाको मृत्यु भइसकेको छ। पछिल्लो तथ्यांकले देशभरका वनक्षेत्रमा ३५५ बाघ भएको देखिन्छ। जसमध्ये चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन्।