१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लैंगिक हिंसामा संलग्न प्रहरी कर्मचारी शून्य सहनशीलता कार्य–आदेश लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १६:४१:oo

संगठनभित्र हुने लैंगिक हिंसाका घटना रोक्न नेपाल प्रहरीले यससम्बन्धी छुट्टै कार्यादेश बनाएर लागू गरेको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शुक्रबार कार्यादेशको शुभारम्भ गर्दै संगठनभित्र हुने महिला हिंसाका घटनामा शून्य सहनशीलता नीति कडाइका साथ कार्यान्वयन गरिएको बताए।

‘लैंगिक हिंसामा संलग्न प्रहरी कर्मचारी शून्य सहनशीलता कार्य–आदेश–२०८०’ नाम दिइएको यस रणनीतिअनुसार कुनै कर्मचारीबाट महिला हिंसा भएको सूचना प्राप्त भएमा जिल्ला प्रहरी प्रमुखले १२ घन्टाभित्र अनिवार्य रूपमा माथिल्लो निकायमा जानकारी गराउनुपर्ने हुन्छ। हिंसाका घटना भएका प्रहरी प्रधान कार्यालयबाटै विशेष टिम खटिएर द्रुत गतिमा छानबिन गरिने कार्य–आदेशमा उल्लेख छ।

समयसीमा तोकेर नै यससम्बन्धी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन थालिएको प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ सेवा निर्देशनालयका एसएसपी डा. मनोज केसीले शुक्रबार आयोजित कार्यक्रममा जानकारी गराए।

प्रहरीमा पहिलेदेखि नै महिला हिंसामा शून्य सहनशीलताको नीति रहे पनि त्यससम्बन्धी विस्तृत कार्ययोजना थिएन। महिला, बालबालिका तथा ज्येष्ठ सेवा निर्देशनालयले कार्य–आदेश बनाएको हो।

शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसाको वर्तमान अवस्था : तथ्य, चुनौती र आगामी कार्यदिशा विषयमा गोष्ठीसमेत आयोजना गरिएको छ। गोष्ठीमा नेपाल प्रहरीकी एसपी रञ्जु सिग्देलले महिला हिंसाको अवस्थाबारे जानकारी गराएकी थिइन्। 

शनिबारदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदै छ।