१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चर्को मूल्य असुल्ने गोसाइँकुण्ड पदमार्गका होटेलहरूलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

गोसाइँकुण्ड जाने पदमार्गमा पर्यटक तथा तीर्थयात्रुहरूसँग चर्को मूल्य असुल्ने होटेलहरू कारबाहीमा परेका छन्।

होटेलहरूले बिल–बिजक जारी नगरी बढी रकम लिने गरेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वको टोलीले अनुगमन गरी कारबाही गरेको हो।

ज्ञवालीको संयोजकत्वमा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि कर्मचारीको सहभागितामा मंसिर ५ देखि ७ गतेसम्म धुन्चेदेखि गोसाइँकुण्ड पदमार्गमा रहेका ११ वटा होटेलको अनुगमन निरीक्षण गरिएको थियो।

निरीक्षणका क्रममा बिल–बिजक नराखी कारोबार गर्ने गोसाइँकुण्ड नमस्ते होटेल, माया होटेल, टिबेट होटेल, होटेल लाङटाङ र लिरुङभ्यु होटेललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जनही २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

केही होटेलहरूबाट म्याद गुज्रेका पेय पदार्थहरू जफत गरी नष्टसमेत गरिएको अनुगमन टोलीले जनाएको छ।