१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ८ शुक्रबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोपोन्मुख कुसुन्डा जातिकाे भाषा संरक्षणमा जुट्न मन्त्री शर्माकाे आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १३:४४:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएकी छिन्। 

अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत्तचित्रको आज विमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाेबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गरिन्।   

सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिइन्।  

लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताइन्। 

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गरे। कुसुन्डा भाषाको अनुसन्धानकर्ता उदयराज आलेले ०७८ को जनगणनामा दुई सय ५३ उल्लेख गरिए पनि नेपालभरमा वास्तविक संख्या एक सय ६२ जना रहेको बताए।  

नेपाल सरकारको सहयोगमा चार चरणमा कुसुन्डा भाषाको दाङको घोराही उपमहानगरपालिका– ५ को महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरेर कुसुन्डा समुदाय र गैरकुसुन्डाले पढ्न, लेख्न र बोल्न सक्ने भएका छन्।