१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १५:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १५:४१:oo

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.८७ अंकले बढेर एक हजार आठ सय ६०.२० विन्दुमा कायम भएको छ। बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका दुई सय ९२ कम्पनीका ४४ लाख २० हजारभन्दा बढी कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएका छन्। बुधबारको तुलनामा कारोबार रकममा वृद्धि भएको छ। बुधबार  एक अर्ब आठ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ मध्ये बैंकिङ, लघुवित्त र अन्य समूहका सूचकबाहेक सबै सूचकमा वृद्धि भएको छ। बैंक, लघुवित्त र अन्य समूहका सूचक क्रमशः ०.७२, ०.२८ र ०.१० प्रतिशतले गिरावट हुँदा जीवन बिमा समूहमा सर्वाधिक ३.३७ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, विकास बैंक समूह १.७५, फाइनान्स १.१४, निर्जीवन बिमा १.८६ र व्यापार समूह १.१६ प्रतिशतले बढेका छन्।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताको लगानीमा सबैभन्दा धेरै वृद्धि भएको छ। यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्दा थ्री स्टार हाइड्रो, सिकलेस हाइड्रो र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा ८.५८, ८.५४ र ८.२५ प्रतिशतको वृद्धि भएको छ।

तर, आजै मात्र ११ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ। नबिलका लगानीकर्ताले एकै दिन ८.२० प्रतिशत गुमाएका छन्। यसैगरी, किसान लघुवित्तको सेयर मूल्य ५.७८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ५.३४ प्रतिशतले गिरावट आएको छ।