
सिन्धुपाल्चोकको बलेफी नदीमा प्रस्तावित जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता भएको छ । गोल्याण ग्रुपको ऊर्जा विभागअन्तर्गत सञ्चालनमा रहेको ४९ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् परियोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको हो ।
सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष उमेश कसजूले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत सञ्जयकुमार साहको उपस्थिति रहेको उल्लेख छ ।