१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलमाथि अर्जेन्टिनाको कठिन जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२२:oo

दुईपक्षीय समर्थकबीच झडपका कारण निर्धारित समयभन्दा आधा घन्टापछि सुरु भएको विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि १–० को जित निकालेको छ । गत साता अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको थियो । कोलम्बियाले ब्राजिलमाथि २–१ को जित निकालेको थियो । विश्वकप छनोटमा ब्राजिलले सुरुका दुई खेलमा जित निकालेको छ । त्यसपछिका खेलमा ब्राजिल संघर्ष गरिरहेको छ । अर्जेन्टिनाले छनोटमा लगातार चार खेलमा जित निकालेको थियो । अर्जेन्टिनी टोली पाँचौँ खेलमा पराजित भएको थियो । 

विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीचको खेल सर्वाधिक हेरिनेमा पर्छ । यसलाई फुटबल समर्थकलाई ‘सुपर क्लासिको’ भन्ने गर्छन् । बुधबार बिहान भएको खेलको पहिलो हाफमा निकै फल भएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको ६३औँ मिनेटमा अर्जेन्टिनाले १–० को अग्रता लियो । अर्जेन्टिनालाई ओटामेन्डीले अग्रता गोल गरेका थिए ।

 खेलको ८१औँ मिनेटमा ब्राजिल १० जनामा सीमित भएको थियो । जोलिङटनले रोपड्रगो डे पलमाथिको फलका लागि रातो कार्ड पाए । ब्राजिलले अन्तिम १० मिनेट १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । यसैगरी, अन्य खेलमा उरुग्वे, कोलम्बिया र इक्वेडरले जित निकालेका छन् । उरुग्वेले बोलिभियालाई ३–० ले हरायो । कोलम्बियाले पेरुमाथि १–० को जित हात पा¥यो । इक्वेडरले चिलीलाई १–० ले पाखा लगायो । पेरु र भेनेजुएलाले १–१ को बराबरी खेले ।

दक्षिण अमेरिकी छनोटमा अहिले ६ चरण समाप्त भएको छ । अर्जेन्टिना १५ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको उरुग्वेले १३ अंक जोडेको छ । कोलम्बिया १२ अंकका साथ तेस्रो स्थानमा छ । ९ अंक जोडेको भेनेजुएला चौथो स्थानमा छ । इक्वेडर ८ अंकका साथ पाँचौँ र ७ अंक बटुलेको ब्राजिल छैटौँ स्थानमा छ ।  

माराकाना रंगशालामा अर्जेन्टिनी र ब्राजिलियन समर्थकबीच झडप
२०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा विश्व विजेता अर्जेन्टिना र पाँचपटकको विजेता ब्राजिलले एकआपसमा प्रतिस्पर्धा गरेका थिए । दुवै टोलीको नजरमा यो खेल महत्वपूर्ण थियो । यसै साता यी दुवै विश्व च्याम्पियन टोलीले अघिल्लो खेल गुमाएका थिए । स्पष्ट २ अंक हात पार्ने उद्देश्यका साथ ब्राजिल र अर्जेन्टिनाले माराकाना रंगशालामा प्रतिस्पर्धा गरे । तर, खेलमा दुई पक्षका समर्थकबीच झडप भयो । जसका कारण ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरुद्ध हुन पुग्यो ।

रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरु हुनअघि नै अर्जेन्टिनी र घरेलु ब्राजिलियन दर्शकले एकआपसमा बोतल फ्याँकेका थिए । सुरुमा सामान्य रूप लिएको थियो, तर त्यसपछि समर्थक समूहबीच हानाहान भयो । ब्राजिलको माराकाना रंगशाला केहीबेर तनावग्रस्त बन्यो । दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच झडप भएको थियो। 

यसक्रममा समर्थकहरू कुटाकुट गर्दा घाइतेसमेत भएका छन् । घाइतेलाई प्रहरीले नजिकको अस्पतालमा पु¥याइको थियो । दक्षिण अमेरिकी फुटबलकै कट्टर प्रतिस्पर्धीबीच खेलअघि समर्थकबीचको तनाव स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

ad
ad