१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

५० हजार मेट्रिकटन धान किन्दै खाद्य कम्पनी

गत वर्षभन्दा १७ हजार मेट्रिकटन बढी खरिद गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५५:oo

 खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष किसानबाट ५० हजार मेट्रिकटन धान खरिद गर्ने भएको छ । कम्पनीले ५० हजार दुई सय मेट्रिकटन धान खरिदका लागि एक अर्ब ७४ करोड १३ लाख बजेट छुट्याएको छ । गत असारमा नै मन्त्रिपरिषद्ले चालू आवका लागि मध्यम धानको प्रतिक्विन्टल ३३ सय ६२ र मोटा धानको ३१ सय ९८ रुपैयाँ तोकेको छ । अघिल्लो वर्षभन्दा मध्यम धानमा दुई सय ३४ रुपैयाँ र मोटा धानमा दुई सय ९६ रुपैयाँले बढाएर धानको समर्थन मूल्य बढाएको हो ।

सरकारले समयमै धानको समर्थन मूल्य तोेकेको हुँदा यसपटक किसानबाट तोकिएकै मूल्यमा धान खरिद भइरहेको कम्पनीको भनाइ छ । सरकारले गत वर्ष १३ हजार चार सय ९४ मेट्रिकटन मात्र धान खरिद गरेको थियो । जसका लागि कम्पनीले ४१ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । गत वर्ष ३३ हजार मेट्रिकटन धान खरिद गर्ने लक्ष्य राखिएको भए पनि सरकारले समयमै समर्थन मूल्य तोक्न नसक्दा खाद्य कम्पनीले किन्नुअगावै धान व्यापारीले किसानबाट खरिद गरेर महँगो मूल्यमा बिक्री गरेका थिए । त्यसको चर्को विरोध भएपछि कम्पनीले धान खरिद रोकेको थियो भने धानको मूल्य नपाएको भन्दै किसान आन्दोलित नै हुनुपरेको थियो । यस वर्ष समयमै सरकारले समर्थन मूल्य तोकेको हुँदा कम्पनीले जिल्लाका कार्यालहरूबाट स्थानीयसँग समन्वय गरी धान खरिद पक्रिया अघि बढाइसकेको छ । कम्पनीका अनुसार हालसम्म करिब १९ हजार क्विन्टल धान खरिद भइसकेको दाबी छ ।

खाद्य व्यवस्था कम्पनीले गत वर्षभन्दा १७ हजार मेट्रिकटन बढी धान किन्ने लक्ष्य राखेको छ । हरेक वर्ष लक्ष्यभन्दा कम धान खरिद गर्दै आइरहेको कम्पनीले यस वर्ष समयमै समर्थन मूल्य र किसानको बालीमा पुगेको हुँदा लक्ष्यसम्मै धान खरिद गर्न लागिएको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

उनले भनिन्, ‘यस वर्ष अन्य समयको भन्दा फरक सकेसम्म तोकिएको समर्थन मूल्यमा किसानसम्मै पुगेर लक्ष्यमा पुग्नेछौँ ।’ गत वर्ष लक्ष्यअनुसार खरिद नगर्दा केही जिल्लाहरूमा खाद्य संकटको अवस्था आउँदा स्टक थिएन । सोही कारण यस वर्ष परिस्थितिलाई ध्यानमा राख्दै धान खरिद गर्न लागिएको उनको भनाइ छ । कम्पनीले देशको विशेष गरी पश्चिम तराई, पूर्वी जिल्लाहरूबाट धान खरिद गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि सहकारी परिचालन गरी आव ०७७÷७८ मा १० हजार पाँच सय ६४ मेट्रिकटन र आव ०७८÷७९ मा आठ हजार ९२ मेट्रिकटन मात्र धान खरिद गरेको थियो । 

ad
ad