मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Friday, 28 August, 2026
तस्बिर : एएफपी
रासस बेरुत
२o८o मङ्सिर ५ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानमा इजरायली आक्रमण, दुई पत्रकारसहित तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, बेरुत
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १८:४४:oo

दक्षिणी लेबनानको टायर हार्फा गाउँमा मंगलबार बिहान इजरायली आक्रमणमा परी दुई पत्रकारसहित तीनजनाले ज्यान गुमाएका छन्।

स्थानीय टिभी च्यानल अल–मायादिनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार संकलनका क्रममा रहेका वेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएका एलनास्रा समाचार वेबसाइटले उल्लेख गरेको छ।

नेसनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक पनि मारिएको बताएको छ।