मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुन सक्छ : प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १५:४४:oo

नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ।

यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जनाएको छ।

‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।

टिकटकको माध्यमबाट विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गरी व्यक्तिको चरित्र हत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सदभाव खलबल्याउने र राष्ट्रिय एकतामा प्रतिकूल असर गर्नेजस्ता गतिविधि भइरहेको भन्दै ब्युरोले यस्ता गतिविधि नगर्नसमेत सचेत गराएको छ।