Skip This
थुनुवा कक्षमा पुस्तकालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ५ मंगलबार १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थुनुवा कक्षमा पुस्तकालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १४:२८:oo

जिल्ला प्रहरी कार्यालय महोत्तरीले थुनुवा कक्षमा पुस्तकालय सञ्चालनमा ल्याएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जनक भट्टराईले सो पुस्तकालयको उद्घाटन गरेका छन्। 

मंगलबार पुस्तकालयको उद्घाटन गर्दै डिआइजी भट्टराईले यसले थुनुवा कक्षमा विभिन्न अनुसन्धानका लागि ल्याइने आरोपीहरूलाई खाली समय थोरै ज्ञान आर्जन गर्न सहयोग पुग्ने बताए। उनले जिल्लास्थित अन्य थुनुवा राख्ने इलाकाहरूमा समेत यस्ता पुस्तकालय राख्न मिल्ने भएकोमा त्यसको लागि समेत समन्वय भइरहेको बताए।

यता पुस्तकको अध्ययनले विभिन्न नकारात्मकतालाई सकारात्मकतातर्फ परिवर्तित गर्न सहयोग पुग्ने भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले पुस्तकले जीवन सिँगार्ने बताए। 

उनले विभिन्न कारणले अपराधमा लागेका व्यक्तिसमेत पुस्तक अध्ययनले सुमार्गमा लागेको विभिन्न उदाहरण रहेका वेला पुस्तक जीवनोपयोगी भएको बताए। उनले प्रहरी कार्यालमा बिस्तारै अन्य सेवाग्राहीलाई समेत पुस्तक अध्ययन गर्न लाइब्रेरीको व्यवस्थापन गर्ने जानकारी दिए।  

जिल्ला प्रहरी कार्यालय महोत्तरीको थुनुवा कक्षमा हाल तीन सय ९० थान विभिन्न पुस्तक अध्ययनका लागि राखिएका छन्। उक्त पुस्तक जलेश्वर नगरपालिका- २ का वडाध्यक्ष वरुण दाहालले उपलब्ध गराइदिएका छन् भने वडा नं. ६ का वडाध्यक्ष रवीन्द्र साहले पुस्तक राख्न तीन थान दराज सहयोग गरेका छन्। यता जलेश्वर कारागारमा कैदीबन्दीहरूका लागि पहिलेदेखि पुस्तकालय सञ्चालनमा छ।