Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ४ सोमबार o७:३३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार o७:३३:oo

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व कस्तो छ ? 
पुराण र अन्य धार्मिक ग्रन्थहरूमा कुपोषणबाट ग्रस्त राजाले छठी माताको भाकल गरेर रोगमुक्त भएको र त्यसैको सम्झनामा छठ मनाउन थालिएको भन्ने मिथकीय मान्यता छ । मानव सभ्यताको प्रारम्भसँगै प्रकाश र ऊर्जा दिने सूर्यको उपासनासँगै यस पर्वले निरन्तरता पाएको देखिन्छ । जल मानव जीवनको आधार हो । मानव सभ्यताको विकास पनि नदीकिनारबाटै सुरु भएको मानिन्छ । नदीनाला, ताल, पोखरी आदिको संरक्षण गर्ने, सरसफाइ गर्ने कार्यका कारण पनि छठ पर्वको अलग्गै महत्व रहेको छ । 
सामाजिक रूपमा छठ पर्वको महत्व कस्तो छ ?
मानव सभ्यता विकासको धेरै पछि समाजमा छुवाछुतजस्ता अमानवीय प्रथाको जन्म भयो । तर, छठ पर्वमा हरेक जाति र सम्प्रदायका मानिसले एउटै सरोवरमा जम्मा भएर पूजाआजा गरिने भएकाले यो स्वीकारोक्तिको संस्कार बोकेको पर्व पनि हो । यस पर्वमा समाजकै उत्पादन प्रयोगमा आउँछन् । उखु, गुड, चामल, गहुँ, भन्टा, मुला, अदुवा, बसार, केराजस्ता आफ्नै स्थानीय उत्पादन साटासाट गरेर मनाइने भएकाले छठ पर्वले आन्तरिक बजारीकरणमा समेत सघाउँदै आएको छ । 

पछिल्लो समयमा छठ पर्वप्रतिको सद्भाव राष्ट्रियस्तरमै बढेको देखिन्छ । यसको कारण के होला ? 
छठ पर्वको समन्वयकारी भूमिकाका कारण पनि यो सबैतिर स्वीकार्य बन्दै गएको हो । सबै जातजाति, धर्म र सम्प्रदायप्रति समभाव राख्ने हुनाले पनि यस पर्वप्रति राष्ट्रियस्तरमै सद्भाव बढेको हो । अब राष्ट्रले पनि राष्ट्रिय महत्वको पर्व स्वीकार गर्‍यो भने यसको महत्व अझै बढ्नेछ ।