१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:o९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण, ५० भन्दा बढीकाे मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ। राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ। 

विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुईतले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। 

भिडियोमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ। त्यस्तै, डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ। सिएनएनका अनुसार भवनको छाना च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ। 

राष्ट्रसंघको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको संख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए। उनले घटना के कारणले भएको हो वा यसको जिम्मेवार को हो भन्नेबारे पुष्टि गर्न सक्नुभएन। 

युएनआरडब्लुएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसंघको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ। 

सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै युएनआरडब्लुए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए।  

सिएनएनका अनुसार इजरायली सेनाले घटनाको समीक्षा गरिरहेको छ, तर कुनै प्रतिक्रिया जनाएको छैन। इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजरायलको सैन्य कारबाहीलाई दोष दिएका छन्। 

इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजरायली उल्लंघनहरूको शृंखलामा नयाँ भएको बताएको छ। सिएनएनका अनुसार कतारले राष्ट्रसंघको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ। 

युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ। जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो। उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए। रासस