१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोधारा–चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्दै छ : मन्त्री साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एपी साउद)ले कञ्चनपुरको दोधारा–चाँदनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रूपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन्। 

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए। 

‘भारतीय पक्षले पनि सोहीअनुसार भारततर्फ पनि काम अघि बढाएको छ,’ मन्त्री साउदले भने, ‘कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो।’

दोधारा–चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउन–जान सहज गर्ने विषयमा पहल गर्ने बताए। 
 
कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वपदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यवसायीका पिरमर्कालगायतका विषयमा धारणा राखेका थिए।