
दुजिक थापा मगरले पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–०८२ अन्तर्गत छेलो हान्ने प्रतियोगिताको उपाधि हात पारेका छन् ।
हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाइडीकोे प्रायोजनमा जारी महोत्सवअन्तर्गत भएको प्रतियोगितामा १८ मिटर ८४ सेन्टिमिटर दुरी टाढा छेलो फालेर मगर प्रथम भएका थिए ।
दोस्रो स्थान हात पारेका मिलन सुनारले १७ मिटर ९१ सेन्टिमिटर र तेस्रो भएका सञ्जय अडाइ मगरले १७ मिटर ४० सेन्टिमिटरको दुरीमा छेलो फालेका थिए ।
प्रतियोगिताको उपाधि विजेताले १२ हजार ५५५, तोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ नगद पुरस्कार पाए । विजेताहरूलाई प्रनितिधि सभा सदस्य दामोदर पौडेल बैरागी, संविधानसभा सदस्य शारदा पौडेल, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।