१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३० बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ३० बिहीबार १८:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पपीडितका लागि अस्ट्रेलियाद्वारा पाँच करोडभन्दा बढीको सहयोग घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ३० बिहीबार १८:२८:oo

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ।

अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेको नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ।

अहिलेको कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको उल्लेख गर्दैै दूतावासले सो सहयोगले मानवीय सहायता सामग्री र पुनर्निर्माणका काममा टेवा दिने विश्वास व्यक्त गरेको छ।

‘अस्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वोङले पश्चिम नेपालका भूकम्पपीडित समुदायहरूका लागि ६ लाख अस्ट्रेलियाली डलर सहयोगको घोषणा गर्नुभएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘यो सहयोगले जीवनरक्षा गर्ने सामग्रीहरू, मानवीय सहायता सामग्रीहरू र पुनर्निर्माणका कामहरूमा टेवा दिनेछ। यो कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा छ।’