Skip This
नेपाल संवत् ११४४ का अवसरमा हेटौँडामा र्‍यालीको आयोजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल संवत् ११४४ का अवसरमा हेटौँडामा र्‍यालीको आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:१९:oo

नेपाल संवत् ११४४ को अवसरमा हेटौँडामा मंगलबार नेपाल भाषा खलः मकवानपुर र ज्वजलपा नेवा पुच हेटौँडा उपमहानगरपालिका–९ ले प्रभातफेरी तथा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं.९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको अवसरमा हेटौँडामा पनि प्रभातफेरी तथा मोटरसाइकल र्‍यालीको आयोजना गरी नेपाल संवतको अवसरमा शुभकामना आदान-प्रदान गरिएको हो।

नेपाल भाषा खलः मकवानपुरको आयोजनामा भएको प्रभातफेरीमा धिमे बाजासहित झाँकी प्रस्तुत गर्दै हेटौँडा बजार परिक्रमा गरिएको थियो। हेटौँडा १ भिन्तुना पथबाट निस्केको र्‍यालीले नगरका विभिन्न स्थानको परिक्रममा गरी शुभकामना आदान-प्रदान गरिएको थियो।

यस्तै, ज्वजलपा नेवा पुच हेटौँडा–९ ले मोटरसाइकल र्‍यालीको आयोजना गरी नयाँ वर्ष अर्थात् नेपाल संवतको अवसरमा शुभकामना आदान-प्रदान गरेको छ। औद्योगिक क्षेत्रस्थित फुटबल चौरबाट निस्केको र्‍यालीले वडाको विभिन्न भाग तथा बजार परिक्रमा गरेको थियो।

नेवारी समुदायको बाक्लो र पुरानो बस्ती रहेको हेटौँडामा पनि केही वर्षदेखि नियमित नेपाल संवतको अवसरमा विविध कार्यक्रमको अयोजना हुँदै आएको छ।

ad
ad