१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भित्रैका बिचौलियाले वीर अस्पताललाई बदनाम गरे : स्वास्थ्यमन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पतालभित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन्।

शनिबार बिहान वीर अस्पताल सरसफाइ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने, तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पतालभित्रैकै बिचौलिया भएको दाबी गरे।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र बिचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन्। उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन्। यसमा सबै सजक रहनुपर्छ।’ देशकै जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याती कमाएको वीर अस्पतालमा देशभरिकै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दाबी गर्दै उनले वीर अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

वीर अस्पतालमा मिहिनेतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरी तलब खाने बिचौलियाबीचको विभेद छुट्याएर नेतृत्वले कामअनुसार अवसर प्रदान गर्नुपर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए।

उनले आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निःशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआइपी, भिभिआइपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेकोजस्ता सुधारका काम गरेको दाबी गर्दै केही बिचौलियाले सहन नसकेर वीरको बदनाम गर्दै हिँडेको बताए।