Skip This
हुम्लामा पहुँचवालालाई सहजै टिकट, विद्यार्थी र बिरामीकाे बिचल्ली 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २४ शुक्रबार १५:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा पहुँचवालालाई सहजै टिकट, विद्यार्थी र बिरामीकाे बिचल्ली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १५:५७:oo

राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको सिमकोट विमानस्थलमा पहुँचकै भरमा टिकट वितरण हुने गरेको छ।
सिमकोट विमानस्थलमा पहुँचको भरमा टिकट  वितरण  हुँदा सर्वसाधारण दैनिक गेटमै कुरेर फर्किन बाध्य छन्। 

पहुँचका भरमा जहाज टिकट वितरण हुने गरेपछि सर्वसाधारण नागरिक मर्कामा छन। निजी एयरलाइन्स कम्पनीका जहाजहरूले भनसुन र पहुँचका भरमा जहाजकाे टिकट वितरण हुने गरेपछि दसैँ सकेर सहर झर्ने विद्यार्थी, बिरामी र सर्वसाधारण नागरिक प्रत्यक्ष मर्कामा परेका छन्।

दुई सातासम्म सिमकोट विमानस्थलमा जहाजकाे टिकटकाे प्रतीक्षामा बसेकी सिमकोट गाउँपालिका- ७ की पम्पा शाही पैदल हिँडेर जान थालेको बताउँछिन्। 

‘पहुँचवालाले सहजै जहाजकाे टिकट पाउँछन्। हामी सोझाहरूको काम छैन,’ शाहीले नयाँ पत्रिकासँग भनिन्। उनले दुई दिन पैदल हिँडेर चंखेली गाउँपालिकाको सल्लिसल्लाबाट गाडी चढेर नेपालगन्ज जान बाध्य भएकाे गुनासो गरिन्।

समिट एयरलाइन्सले दैनिक एक र एक फ्लाइट उडान भर्दै आएको भने सीता एयरलाइन्सले आज शुक्रबार चार फ्लाइट उडान भरे पनि जहाज टिकट पहुँचकै भरमा वितरण गरेपछि सर्वसाधारण मर्कामा परेको सिमकोट गाउँपालिका- ७ की  हजारी शाहीको भनाइ छ। ‘गरिबका दिन कहिले आउला, कहिले हुम्ला गाडी आउला र सुख होला,’ शाहीले नयाँ पत्रिकासँग भनिन्।

बिरामीहरूको बिचल्ली 

सिमकोट गाउँपालिका- ८ स्याडा गाउँका रूप बुढा पेट दुख्ने बिरामीको उपचारका लागि नेपालगन्ज जान १९ कात्तिकमा  सिमकोट पुगेका थिए। उनले अझै टिकट पाउन सकेका छैनन्। १९–२४ गतेसम्म होटेलमा खाने-बस्ने गर्दा उनकाे उपचारका लागि तयार पारेका पैसा सकिएकाे बताए। 

पहुँचवालालाई सहजै टिकट

सिमकोट विमानस्थलबाट सुर्खेत, नेपालगन्ज झर्न सिडियो, डिएसपी, राजनीतिक दलका नेता-कार्यकर्ता, कार्यालयका हाकिमले टिकट सहजै पाउने गरेका छन्। 

उनीहरूका नाममा टिकट फोन, म्यासेज वा भनसुनमै  बुकिङ हुने गरेको छ। पहुँचका आधारमा टिकट वितरण हुँदा सर्वसाधारणलाई विमानस्थल गेटमै प्रहरीले रोकिदिने गरेको पाइएको छ। निजी कम्पनीका जहाजहरूले टिकटमै सिन्डिकेट लागू गरेका छन्।

तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका