१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

चिनियाँ सहयोग परियोजना बिआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवं कमजोर बनाउने क्रियाकपालप्रति आफूहरू सचेत रहेको बताए।

‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भू–राजनीतिक रूपमा चीनलाई घेरा हाल्न खोज्ने हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामी स्वीकार गर्न सक्दैनौँ,’ उनले भने। 

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी), दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरूबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै नेपालले चिनियाँ कम्युनिस्ट पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदान–प्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एक–अर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए।

यसप्रकारको सहयोग र दृष्टिकोणले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको शान्ति, विकास र स्थिरतालाई सुदृढ पार्ने लक्ष्य लिएको उनको भनाइ छ। रचनात्मक छलफल र साझेदारी पहलहरूमा सम्बन्ध भएर सिपिसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरूले क्षेत्रीय सदभाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान–प्रदानमा योगदान दिने कोसिस गरिरहेको उनको भनाइ थियो।

अध्यक्ष नेपालले साझा चुनौतीहरूको मिलेर समाधान गर्न आवश्यक रहेको बताए। उनले दक्षिण एसिसा र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सिपिसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको बताए।