१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार १४:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई यादवको प्रश्न- नारायणी रंगशाला गौरवको आयोजनाभित्र किन परेन ? 

निर्णय नसच्याए वीरगञ्जवासीले चरणबद्ध आन्दोलन गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १४:२२:oo

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको ऐतिहासिक नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरेका छन्। 

मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंस्थित मूलपानी क्रिकेट मैदान, मोरङको विराटनगर रंगशाला र चितवनको भरतपुर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गर्दा नारायणी रंगशाला छुटाएकोमा उनले असन्तुष्टिसमेत जनाएका छन्। 

‘मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुदसम्बन्धी गतिविधिहरूलाई थप प्रोत्साहित गरिदिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु। तर, वीरगन्जको ऐतिहासिक नारायणी रंगशालासँग विभेद किन ? काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको नारायणी र‌गशाला अझै पुनर्निर्माणका लागि सरकारको पर्खाइमा छ। नारायणी रंगशाला एउटा आधुनिक एवं व्यवस्थित रंगशाला बन्न सक्ने सामर्थ्य राखेको छ। मधेश प्रदेशको पुरानो एवं व्यवस्थित रंगशाला किन संघीय सरकारको नजरमा पर्न सकेन ?’ उनले प्रधानमन्त्रीलाई सोधेका छन्।

सांसद यादवले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नारायणी रंगशालाबारे ध्यानाकर्षण पत्र लेख्दै नारायणी रंगशालाको जीर्णोद्धार गर्न र यसलाई राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न माग गरेका हुन्।

नारायणी रंगशाला गौरवको आयोजनामा नसमेटिए वीरगन्जवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र भविष्यमा त्यसकारण प्रमुख आर्थिक नगर वीरगन्जमा सिर्जना हुन सक्ने परिस्थितिको जिम्मेवारी स्वयं संघीय सरकार हुने चेतावनी यादवले दिएका छन्।

सांसद यादवले दशरथ रंगशालासँगै निर्माण भएको नारायणीलाई राज्यले उपेक्षा गरेर वीरगन्जलाई विभेद गरेको टिप्पणी पनि गरेका छन्।

यादवकाअनुसार ०४२ सालमा स्थानीयहरूको जनसहयोगबाट निर्माण भएको रंगशाला आज पूर्ण रूपले जीर्ण बनिसकेको छ। खेलमैदानमा अग्ला घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ। हालसम्म यसलाई स्थानीय सरकार र वीरगन्जवासीले आफ्नो प्रयासले जोगाएर राखेका छन्। समय–समयमा थोरै मर्मत–सम्भार गरेर भए पनि यसको अस्तित्वलाई बचाएर राखेका छन्।