१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० महिनामा २३ लागुऔषध प्रयोगकर्तामा एचआइभी पुष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

बर्दिया र दाङका २३ जना लागुऔषध प्रयोगकर्तामा एचआइभी पुष्टि भएको छ । पछिल्लो १० महिनामा यी तीन जिल्लाका दुई हजार ९४ जना लागुऔषध प्रयोगकर्ताको रगत परीक्षण गर्दा २३ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो ।

एचआइभी/एड्स तथा मेथाडोन कार्यक्रम सञ्चालन गर्दै आएको परिवर्तन समूहका निर्देशक इन्द्राकुमारी जिसी रावलका अनुसार बाँकेका १४, बर्दिया ६ र दाङका तीनजनामा एचआइभी पुष्टि भएको छ । सुईबाट लागुऔषध सेवन गर्नेहरू एचआइभीको उच्च जोखिममा रहेको उनले बताइन् । ‘एउटै सुई धेरैले प्रयोग गर्ने भएकाले सुईबाट लागुऔषध लिनेहरू आफू त संक्रमित भइरहेका छन्, अरूलाई एचआइभी सारिरहेका छन्,’ उनले भनिन् । 

एचआइभी, हेपाटाइटिस बीलगायत रोग सर्न नदिन लागुऔषध प्रयोगकर्तालाई सुई र सिरिन्ज प्रदान (साटासाट) गर्दै आएको पाइएको उनले बताइन् । उनले भनिन््, ‘पुरानो सुई, सिरिन्ज उनीहरूबाट लिएर त्यसबापत नयाँ दिइन्छ । पुरानो सुई, सिरिन्जले विभिन्न रोग लाग्ने भएकाले सुई साटासाट (एक्सजेन्ज) अभियान चलाइएको छ ।’

बाँकेका ७५ जनाले चिकित्सकको प्रत्यक्ष निगरानीमा मुखबाट लागुऔषध (मेथाडोन) सेवन गरिरहेका छन् । यीमध्ये सातजना एचआइभी संक्रमित छन् । भेरी अस्पतालका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालको प्रत्यक्ष निगरानीमा लागुऔषध प्रयोगकर्ताले मुखबाट लागुऔषध (मेथाडोन) सेवन गरिरहेका छन् । 

मेथाडोनका लागि भेरी अस्पतालमा छुट्टै युनिट राखिएको छ । उक्त युनिटमा गएर लागुऔषध प्रयोगकर्ताले चिकित्सकको प्रत्यक्ष निगरानीमा लागुऔषध सेवन गर्दै आएको एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बताए । 

उनले ७० पुरुष र सात महिला गरी ७५ जनाले मेथाडोन सेवा लिइरहेको बताए । ‘चिकित्सकको प्रत्यक्ष निगरानीमा सेवन गर्नुपर्ने भएकाले टाढाबाट आउन त्यति सजिलो छैन । मेथाडोन सेवन गर्नेको संख्या कहिले घट्ने र कहिले बढ्ने भइरहन्छ,’ उनले भने । लागुऔषध दुव्र्यसनीका लागि मेथाडोन विधि अति प्रभावकारी भएको भेरी अस्पतालका एचआइभी/एड्स फोकल पर्सनसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले बताए । 

‘सरकारले मेथाडोन निःशुल्क दिने भएकाले प्रयोगकर्तालाई लागुऔषधको चिन्ता हुँदैन, लागुऔषधकै लागि यताउता भौँतारिनुपर्दैन । पैसाका लागि घरमा झगडा, विवाद हुने सम्भावना रहँदैन, प्रयोगकर्ताले लागुऔषध किन्न पैसाको जोहो गर्नु नपर्ने भएकाले चोरी, डकैती तथा लुटपाटका घटना हुन पाउँदैन,’ उनले भने, ‘असुरक्षित रूपमा सुई, सिरिन्जबाट लागुऔषध सेवन गर्दा विभिन्न रोगको जोखिम रहन्छ ।’