१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइसिटी अवार्ड : तीन विधामा उत्कृष्ट पाँच स्टार्टअप, प्रोडक्ट र इनोभेसन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२८:oo

प्रविधि क्षेत्रको आइसिटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न तीन विधामा उत्कृष्ट पाँचको सार्वजनिक गरिएको छ।

स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रोडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जुरी सदस्यहरूको छनाेटको आधारमा बुधबार उत्कृष्ट पाँचको घोषणा गरिएको हो।

उत्कृष्ट पाँचमा पर्ने स्टार्टअपहरूमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जिजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन्। यसैगरी प्रोडक्ट आइसिटी अवार्डअन्तर्गत उत्कृष्ट पाँच प्रडक्टहरूमा डिजी बज, फास्ट बैंकिङ, मनी मित्र, क्युकआरपिए र यात्री पी– १ रहेका छन्।

राइजिङ स्टार इनोभेसन विधाअन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल इनोभेसनहरूमा ब्लाङसेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली रहेका छन्। आइसिटी अवार्ड २०२३ का यी तीन विधामा दुई सयभन्दा बढीको नोमिनेसन प्राप्त भएको थियो। उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रोडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्टमा सहभागी भएर प्रोडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए।

उनीहरू असोज २७ गते आयोजना भएको ग्रान्ड जुरी सेसनअन्तर्गत प्रिजेन्टेसन एन्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुति दिएका थिए। प्रस्तुति, आइडिया र स्टार्टअपबारे कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन साे पनि प्रसारण हुने आयोजकले जनाएको छ।

विभिन्न तीन विधामा छनाेट भएका उत्कृष्ट पाँच केही समयपश्चात् सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन्। स्रष्टा अपलगायतका विधामा जुरी समितिले उनीहरूको कार्यालय भिजिट पनि गर्नेछ।

उत्कृष्ट पाँचमा पर्न असफल स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टारहरूले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन्।  सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्रान्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यक्तिगत र संस्थागत अवार्ड विधाहरूमा पनि छनाेट प्रक्रिया जारी रहेको छ। प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरूमा दोस्राे चरणको छनाेट प्रक्रिया सञ्चालनमा छ। त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनाेट प्रक्रिया सञ्चालन भइरहेको छ।