१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्लास्टिकजन्य फूलमाला किनबेच नगर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o६:oo

काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला र सजावटका सामान किनबेच नगर्न निर्देशन दिएको छ । बुधबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र दिपावली तथा छठ पर्वमा घर, पसल सजाउन प्लास्टिकको फूल, माला तथा सजावटका सामानहरू किनबेच नगर्न आग्रह गरेको हो । महानगरअन्तर्गत नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार आइतबारदेखि नै त्यस्ता सामान जफत गर्न थालिएको छ ।

‘प्लास्टिकजन्य फूलमाला र सजावटका सामान किनबेच नगर्न हामीले पहिले नै सूचना जारी गरेका थियौँ । सूचनालाई अटेर गर्दै बेचबिखन गर्न थालेपछि जफत गर्न थालेका छौँ,’ नगर प्रहरी बल प्रमुख पाण्डेले भने, ‘वातावरणीय हिसाबले पनि यस्ता काम उपयुक्त नभएकाले पहिलो चरणमा नराख्न भन्छौँ । दोस्रोपटक पनि भेटिएमा जफत गर्छौँ । तेस्रोपटक पनि त्यही कार्य दोहोरिएमा कारबाही गर्छौँ ।’

उनका अनुसार प्लास्टिकजन्य सजावटको सामान बिक्री–वितरण नियमन नगर प्रहरी बलले बानेश्वर, कलंकी, गोगबु र बागदरबार क्षेत्रबाट गर्नेछ । नियमनको लागि भन्दै नगर प्रहरी बलको टास्क फोर्ससमेत खटिएको महानगरले जनाएको छ । 

ad
ad