१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाइजो माग्दै श्रीमतीलाई यातना दिने इन्जिनियर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:३६:oo

विवाहमा दाइजो लिएको र थप दाइजो माग्दै श्रीमतीलाई यातना दिएको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।

पेसाले इन्जिनियर रहेका ३१ वर्षीय सुमितकुमार गुप्तालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। 

धनुषाको जनकपुर– ४ घर भई ललितपुर–२ सानेपा बस्ने गुप्ताले २१ मंसिर २०७९ मा बाराकी पुनमकुमारी गुप्तासँग विवाह गरेका थिए। विवाहको समयमा नै उनले २१ लाख रुपैयाँ दाइजो लिएका थिए। 

पछि पटक–पटक गरी नौ लाखबराबरका सामान लिएका थिए। त्यसपछि पनि थप दाइजो माग्दै उनले श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको उजुरीका आधारमा सुमितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए। 

सुमितकी आमा सुशीलादेवी गुप्ताले समेत यातना दिएको उजुरी परेको छ। उनी भने फरार छिन्। यो घटनामा विवाहमा लेनदेन गर्न नहुने (दाइजो)सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।
 

ad
ad