Skip This
प्रादेशिक अस्पतालमा ल्याप्रोस्कोपिकबाट पहिलोपटक पित्तथैलीको शल्यक्रिया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २१ मंगलबार १५:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पतालमा ल्याप्रोस्कोपिकबाट पहिलोपटक पित्तथैलीको शल्यक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १५:५९:oo

प्रादेशिक अस्पताल सिराहामा पहिलोपटक दूरबिन प्रविधि (ल्याप्रोस्कोपिक)बाट पित्तथैलीको शल्यक्रिया गरिएको छ। 

विगत तीन वर्षदेखि सिराहा नगरपालिका– १३ मल्हनियाकी ३४ वर्षीया हेमादेवी शर्माको पित्तथैलीमा ढुंगा भएको पुष्टि भएको थियो। धेरै ठाउँमा पुगेर उपचार गराए पनि पटक–पटक पेट दुःख्ने समस्याले सताइरहेको थियो। आर्थिक अवस्था कमजोर रहेकोले शर्मादम्पती ठूला अस्पतालमा उपचार गराउन पुग्न सकेका थिएनन्। 

हेमादेवीका पति प्रमोद शर्माले पित्तथैलीको उपचारमा नयाँ प्रविधि प्रयोग गरी सफल भएकोमा धेरै खुसी लागेको बताएका छन्। ‘ठूला अस्पतालमा पुगेर उपचार गराउने सामर्थ्य थिएन,’ उनले भने, ‘यही अप्रेसन गरी श्रीमतीको उपचार सफल भएकोमा खुसी लागेको छ। यस्ता समस्या हुनेलाई अब बाहिर भौँतारिनुपर्दैन।’

प्रादेशिक अस्पताल सिराहाका कन्सल्टेन्ट सर्जन डा. रतिश कर्ण र मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले पहिलोपटक दूरबिन प्रविधिको प्रयोग गरी सफल शल्यक्रिया गरेको हो। दूरबिन प्रविधिलाई मेडिकल भाषामा ल्याप्रोस्कोपिक (कोलेसिस्टेक्टोमी) भनिन्छ। 

मधेश प्रदेश सरकारको सहयोगमा प्रादेशिक अस्पताल सिराहामा उपकरण जडान भएसँगै ल्याप्रोस्कोपिक शल्यक्रियाको थालनी गरेको हो। शर्माको शल्यक्रिया पहिलो भएको सफलता मिलेको प्रादेशिक अस्पताल सिराहाका कन्सल्टेन्ट सर्जन डा. रतिश कर्णले बताए।

इन्डाेस्कोपी सेवा पनि सुरु

प्रादेशिक अस्पताल सिराहामा इन्डोस्कोपी सेवा पनि सुरु भएको छ। ग्यास्ट्रिकको समस्याले पेट दुःख्ने तथा पेटमा घाउ हुने, अल्सर हुने जस्तो समस्याको चेकजाँच गर्न इन्डोस्कोपी सुरु भएको सर्जन डा. कर्णले बताए। 

इन्डोस्कोपी सुरु भएसँगै सिराहा र धनुषाका विभिन्न गाउँमा बिरामीलाई बाहिर जानुपर्ने अवस्था हटेको उनले बताए। इन्डोस्कोपी नहुँदा सिराहाबाट बिरामीहरू विराटनगर, धरान, काठमाडौंलगायतका सहर पुग्नुपर्ने बाध्यता रहेको डा. कर्णले बताए।

प्रादेशिक अस्पताल सिराहामा अहिले पेट दुःख्ने, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, स्थानमा हुने गाँठो तथा आन्द्रामा घाउ तथा आन्द्राको अन्य समस्याको पनि उपचार भइरहेको सर्जन डा. रतिश कर्णले बताए।