१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २१ मंगलबार ११:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री राहत कोषमा कांग्रेसद्वारा ५० लाखकाे चेक हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार ११:२५:oo

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरूको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो। 

कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नौबुँदे सुझाव पेस गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ। कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ। 

कांग्रेसले राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजीकरणका लागि सुझावसमेत दिएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूको अनुशरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताए।

उनले भने, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ। उहाँहरूले राहतका लागि आफूहरूले सुरुवात गरेको बताउनुभयो। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरू आउने क्रम जारी छ।’

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्नेलगायतका कामबारे छलफल भएको बताए। उनले नेपालीहरूमा संकटको वेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैँ यसपटक पनि सबै एकजुट भएको बताए। 

आजै नेकपा एकीकृत समाजवादीले पनि रु. २५ लाख सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी रु. २५ लाखबराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो।