१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
हरजिन्दर
२o८१ बैशाख ३० आइतबार १o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायल–हमास युद्ध र अराफातको सान्दर्भिकता

Read Time : > 2 मिनेट
हरजिन्दर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:१३:oo

इजरायल–हमास युद्ध आज एक महिना पुगेको छ । युद्धका यी ३० दिनमा सबैभन्दा कम सम्झिएका तर सबैभन्दा महत्वपूर्ण व्यक्ति हुन् यासेर अराफात । कुनै एक समय, अराफात र प्यालेस्टाइनलाई एक–अर्काको पर्यायका रूपमा हेरिन्थ्यो । अराफातलाई देखे प्यालेस्टाइनको याद आउँथ्यो, त्यसैगरी प्यालेस्टाइनको नाम सुन्दा अराफातको छवि आँखा सामुन्ने आउँथ्यो । जब विश्वमानचित्रमा प्यालेस्टाइन कतै थिएन, तब पनि अराफात प्यालेस्टिनी झन्डा विश्वभर लहराउँदै हिँड्थे । आफ्नो अथक प्रयासका माध्यमबाट उनले प्यालेस्टाइनको समस्यालाई सधैँ एक अन्तर्राष्ट्रिय मुद्दा बनाएका थिए । तर, उनीपछि हमासले उनको संघर्षलाई विपरीत दिशामा लग्यो र यो विश्वकै क्षेत्रीय जटिलतामा परिणत भएको थियो । 

आफ्नो सक्रियताको सुरुवाती समयमा यासेर अराफात पनि अहिलेकै हमासले झैँ सोच्ने गर्थे । त्यतिवेला उनी प्यालेस्टिनी ऊर्जाको बारुद र अरब मुलुकको सहयोगका माध्यमबाट इजरायलको नामोनिसान मेटाउने प्रण बोक्थे । तर, तमाम झडप, मोर्चा र युद्धमा भएको पराजयपश्चात् जब अरब मुलुक आलाप गरिरहेका थिए, इजिप्ट इजरायलसँग क्याम्प डेभिड समझौता गरिरहेको थियो, तब अराफातले हिंसाको बाटोले कहीँ पुर्‍याउँदैन भन्ने बुझे । बिस्तारै–बिस्तारै उनले आगो ओकल्ने आफ्नो विद्रोहलाई शान्त पार्दै कूटनीतिको बाटो रोजेका थिए । विश्व समीकरणका कारण दोस्रो विश्वका मुलुक उनका पक्षमा त थिए नै, यसबाहेक उनले असंलग्न मुलुक र तेस्रो विश्वका तमाम मुलुकलाई प्यालेस्टाइन समस्यामा जोडे । यसले अराफातको संघर्षलाई सारा विश्वको चासोको विषय बनाइदिएको थियो । लगत्तै अराफातले त्यो इज्जत कमाए, जुन सामान्यतया अन्य शासकले पाउँदैन । अराफात राष्ट्रसंघको मुख्यालयमा भाषण दिन्थे र विश्वका सबै राजधानीमा ओहरदोहर गर्थे ।

यसैवेला केही चरमपन्थीले आफ्नो आक्रामक रबैयामा हेरफेर गरेका थिएनन् र इजरायल पनि यी चरमपन्थीलाई १० गुणादेखि सय गुणा ठूलो जवाफ दिने गथ्र्याे । एक असल नेताको विशेषता भनेको सो नेताले समय र आवश्यकताअनुसार आफू मात्रै नभई आफूसँगै हिँड्ने जनमानसलाई पनि परिवर्तन हुन तयार पार्छ । प्यालेस्टिनीको आक्रामकता थोरबहुत बाँकी रहे पनि अराफातका वेला यस्तो वर्ग तयार भयो, जसले समस्याको समाधान कूटनीतिक वार्ता र संवादबाट मात्रै सम्भव हुन्छ भन्ने विश्वास गर्न थालेका थिए । 

वार्ता एवं संवादको यो परिवर्तित सोचले प्यालेस्टिनी आन्दोलनका कैयौँ तर्कमा परिवर्तन ल्याइदिएको थियो । अर्थात् यदि संवाद हुन्छ भने छेउमा बस्ने एक पक्ष इजरायलसँग पनि हुनेछ । यदि तपाईं वार्ता चाहनुहुन्छ भने तपाईंले आफ्नो शत्रुको अस्तित्वलाई पनि स्विकार्नुपर्ने हुन्छ । एक यस्तो समय आयो, जब अराफातले इजरायलको अस्तित्वलाई स्वीकार गरेका थिए । यहीँबाट अराफातको दुई राष्ट्रको सिद्धान्त सतहमा आएको थियो, जहाँ एक भूभाग प्यालेस्टाइन हुनेछ भने अर्काे भूभाग इजरायल हुनेछ । यो प्रस्ताव राष्ट्रसंघले सन् १९४७ मा ल्याएको विभाजनको योजनाजस्तै थियो । यही सिलसिलाले सन् १९९३ को ओस्लो समझौतातर्फ डोर्‍यायो । र, अन्ततः एक नयाँ प्यालेस्टाइनको निर्माण भयो । 

आफ्नो अथक प्रयासका माध्यमबाट यासेर अराफातले प्यालेस्टाइनको समस्यालाई सधैँ एक अन्तर्राष्ट्रिय मुद्दा बनाएका थिए

उसो त जुन प्यालेस्टाइन बन्यो, त्यो सन् १९४७ को विभाजन योजनाअनुसारको थियो । इजरायलले प्यालेस्टाइनको नक्सालाई धेरै नै खुम्च्याइदिएको थियो र वेस्ट बैंक (पश्चिम किनारा)का इलाकामा यहुदी बस्ती बसालेर प्यालेस्टाइन मामिलालाई धेरै जटिल बनाइदिएको थियो । अराफातको फतह पार्टीले नयाँ प्यालेस्टाइनमा सरकार बनायो र हमासले असन्तुष्टिलाई आफ्नो काँधमा बोक्यो । वर्षाैँ पहिले बनेको हमास यो विभाजनपछि थप बलियो हुँदै गयो । वेस्ट बैंक इलाकामा हमासको प्रभाव कम रह्यो, तर गाजापट्टीमा आफ्नो प्रभाव बढाउँदै त्यहाँको भूगोल र मनोविज्ञान दुवैमा उल्लेख्य उपस्थिति हासिल ग¥यो । १९ वर्षपहिले यही नोभेम्बर महिनाको दोस्रो सप्ताहमा जब अराफातको निधन भयो, तब गाजामा इजरायलको बचेखुचेको चुनौती पनि समाप्त भयो । 

यासेर अराफात आफूलाई समाजवादी भन्थे र उनले प्यालेस्टाइन आन्दोलनलाई एक धर्मनिरपेक्ष रूप दिने कोसिस पनि गरेका थिए, जबकि हमासले यो भौगोलिक र सांस्कृतिक संघर्षलाई साम्प्रदायिक बनाइदिएको थियो । अराफातले प्यालेस्टिनी संघर्षलाई विश्वसँग जोड्ने प्रयास गरेका थिए, जबकि हमासले कट्टर इस्लामिक मुलुक र संगठनसँग मात्रै सम्बन्ध बनायो । लामो समयसम्म इजरायलले अराफात र उनको संगठनलाई आतंककारी संगठन भन्दै आएको थियो, तर विश्वले यसलाई कहिल्यै स्वीकार गरेन । अब इजरायललाई कुनै दाबी गर्नुपर्ने अवस्था छैन, विश्वले हमासलाई आतंककारी संगठन मान्छ । हमासले गरेको सबैभन्दा ठूलो काम भनेको इजरायलका कैयौँ पाप धोइदिएको छ । अहिले इजरायलको ज्यादतीबारे केही मान्छेले मात्रै विरोध गर्छन्, जबकि हमासको आतंकवादको चर्चा सबैले गर्छन् ।

हमासले पूरा गाजामा कब्जा जमाएको छ । हमासको इच्छाविपरीत गाजामा पात पनि हल्लिँदैन । विश्वले मान्यता नदिए पनि हमास गाजाको सरकार हो । र, हमाससँग एक सरकारसँग झैँ अपेक्षा राखिन सकिन्छ । हमासले आफ्नो सेना र कूटनीतिज्ञ तयार गर्न सक्थ्यो । यस्तो व्यवस्था सिर्जना गर्न सक्थ्यो, जहाँ हमला गर्नुभन्दा पहिला इजरायलजस्ता मुलुकले पनि सयपटक सोच्नुपरोस् । 

तर, ठिकविपरीत हमासले एक यस्तो बाटो रोज्यो, जसले दुस्मन राज्य इजरायललाई फाइदा ग¥यो । आफ्नो आक्रामकताका लागि इजरायललाई अराफात नभई हमासको आवश्यकता छ । हमासले इजरायललाई आफ्ना ज्यादतीलाई जायज ठहर्‍याउने अवसर दिन्छ । यसपटक पनि हामासले जे गर्‍यो, त्यसलाई विश्वले निन्दा गर्न बाध्य बनायो । हमासको हमलाले इजरायलभन्दा पनि प्यालेस्टिनीलाई बढी क्षति पुर्‍यायो । 
(हरजिन्दर वरिष्ठ पत्रकार हुन्)हिन्दुस्तान 

ad
ad