१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका नदीको उचित व्यवस्थापन नभए भूकम्पको जस्तै जोखिम : वातावरणविद् दहाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार २o:३२:oo

वरिष्ठ वातावरणविद् डा.केआर दहालले नेपाली समाज प्राकृतिक प्रकोपबाट निरन्तर जोखिममा रहेको टिप्पणी गरेका छन्।

नेपाल पानी सदुपयोग फाउन्डेसनले सोमबार विज्ञहरूबीच काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दहालले नेपाली नदीहरूको उचित व्यवस्थापन नभए भूकम्पको जस्तै जोखिम रहने टिप्पणी गरेका हुन्।

जलवायु परिवर्तनका कारण उत्पन्न प्रभाव र यसका असरबारे भएका अध्ययन र अनुसन्धानलाई बेवास्ता गर्दै आयोजनाहरू बनाउने गरिएको उनको भनाइ थियो।

कार्यक्रममा वाटर एनालिस्ट भोला पौडेल तथा फाउन्डेसनका अध्यक्ष डा. ङमिन्द्र दहालले प्रकोप र पानी र व्यवस्थापनलगायत विषयमा धारणा राखेको थिए।