Skip This
भूकम्पपीडितलाई सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १८ शनिबार १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने

तत्काल स्वास्थ्यकर्मीको टोली पठाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १२:३५:oo

जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले पीडितको सहायताका लागि तत्काल एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।

त्यस्तै, स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्। मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्यकर्मीको टोली आजै प्रभावित क्षेत्रमा जाने बताए। प्रभावित क्षेत्रमा आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता पनि प्रदेश सरकारले गरेको छ।

भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएकोप्रति पनि प्रदेश सरकारले दुःख व्यक्त गरेको छ। भूकम्प प्रभावितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पुरिएकाहरूको खोज तथा उद्धार गर्न, घाइतेहरूको उपचार गर्न र पीडितलाई राहतका लागि पनि प्रदेश सरकारले सरोकारवाला सबैमा आग्रह गरेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र पश्चिमरुकुममा जनधनको ठूलो क्षति भएको छ।