१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

जाजरकोट भूकम्पपीडितलाई मेयर जोशीले व्यक्तिगत एक लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२९:oo

डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भरत जोशीले जाजरकोट भूकम्पबाट पीडितका लागि व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर जोशीले सहयोगको घोषणा गरेका हुन्।

‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुविधा तथा व्यक्तिगत खर्च कटौती गरी सानो सहयोगस्वरूप रु एक लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्।

मेयर जोशीले यस दुःखको समयमा पर्शुरामका जनता जाजरकोटेली तथा पश्चिम रुकुमेली जनताको साथमा रहेको पनि उल्लेख गरेका छन्।

ad
ad