१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १८ शनिबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १o:४२:oo

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर सरकारले सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिक रूपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। 

उनका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रका दुवै जिल्लामा उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय, सहकार्यका साथै सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ। मन्त्री जिसीले भने, ‘अहिले तत्काल प्रभावित क्षेत्रमा मेडिकल टोली पठाइएको छ। हामी राहत सामग्री तत्काल पठाउँदै छौँ। अपुग भएमा थप खरिद गर्ने गरी निर्णय पनि गरेका छौँ।’

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरबेसमा रहेको हेलिकोप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको बताउँदै उनले विपद् प्रतिकार्यका लागि सरकारले शोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था मिलाइएको पनि जनाए।