१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विश्वकप छनोट भएकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:५९:oo

नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टिमलाई बधाई दिएका छन्। आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएको हो। 

शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो। 

प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई दिँदै भनेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’ 

मूलपानीस्थित माथिल्लो मैदानमा युएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेटको क्षतिमा १७‍.१ ओभरमा लक्ष्य पूरा गरेको हो। 


 

ad
ad