१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइतबारदेखि राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

 नेपाल राष्ट्र बैंकले आउँदो साताको आइतबारदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्ने भएको छ । तिहारलक्षित गरेर केन्द्रीय बैंकले धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्ने भएको हो । 

असर्फी र सिक्का बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म किन्न पाइने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार प्रतिव्यक्ति १७.५ ग्राम सुनको असर्फी र ६५ ग्रामसम्म चाँदीको सिक्का किन्न पाउने व्यवस्था मिलाइएको छ । 

गाईअंकित सिक्का ३५ ग्राम, लक्ष्मीअंकित सिक्का १० ग्राम, गणेशअंकित सिक्का १० ग्राम र गजलक्ष्मीअंकित सिक्का १० ग्रामसम्म एकजनाले किन्न पाउने सीमा राखिएको छ । असर्फी र सिक्का किन्नका लागि नगदका साथै क्युआर कोडको समेत व्यवस्था गरिएको छ । सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन् । तिनीहरूको मूल्य बजार मूल्यमा आउने उतारचढावसँगै दैनिक तोकिने गर्दछ ।

टक्सार महाशाखाबाट खरिद गरिएका सुन तथा चाँदीका सिक्का पुनः सोही महाशाखामा बिक्री गर्न पाइँदैन । अर्थात्, नेपाल राष्ट्र बैंकले र्सवसाधारणमा सुन तथा चाँदीका सिक्का बिक्री गर्छ, तर सर्वसाधारणबाट खरिद भने गर्दैन । राष्ट्र बैंकले बिक्री गर्ने सुन तथा चाँदीका असर्फी टक्सार महाशाखा तथा प्रदेशस्थित कार्यालयहरूबाट किन्न सकिन्छ ।
 

ad
ad